कैलालीमा चार पालिका जित्दै पहिलो बन्यो रेशमको नागरिक उन्मुक्ति पार्टी

स्थानीय निर्वाचन २०७९

धनगढी खबर    

कैलालीमा चार पालिका जित्दै पहिलो बन्यो रेशमको नागरिक उन्मुक्ति पार्टी

कैलाली। कैलालीमा नागरिक उन्मुक्ति पार्टी जिल्लामै पहिलो दल बन्न पुगेको छ । कैलालीका १३ वटा स्थानीय तहमध्ये ४ पालिकामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी जिल्लामै पहिलो दल बन्न पुगेको हो।

कैलालीको टीकापुर, भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा गठबन्धन दललाई पराजित गर्दै रेशम चौधरीको पार्टीले विजय हासिल गरेपछि पहलो दल बन्न पुगेको छ। थारु बाहुल क्षेत्र कैलालीको टीकापुर, भजनी नगरपालिका, जानकी र जोशीपुर गाउँपालिकामा गठबन्धन दललाई पराजित गर्दै रेशम चौधरीको पार्टीले विजय हासिल गरेपछि पहलो दल बन्न पुगेको हो ।

सार्बजनिक मतपरिमाण अनुसार कैलालीमा नेकपा एमालेले अध्यक्षमा मात्र चुरे र बर्दगोरिया गरी दुई पालिका जितेको छ । अघिल्लो निर्वाचनमा एमालेले गोदावरी, गौरीगंगा, घोडाघोडी, लम्कीचुहा, टीकापुर नगरपालिका, चुरे र मोहन्याल गाउँपालिका गरी ७ पालिकामा प्रमुख÷उपप्रमुख जितेर पहिलो बनेको थियो । यसपालि एमालेले जितेका नगरपालिका गुमाउँदै दुई पालिकामा सिमित बन्न पुगृको छ ।नेपाली काँग्रेसले गोदावरी, लम्कीचुहा नगरपालिका र कैलारी गाउँपालिका गरी तीन स्थानीय तह जितेको छ ।

काँग्रेसले अघिल्लो स्थानीय तहमा धनगढी उपमहानगरपालिका सहित ३ गाउँपालिका सहित ४ पालिका जितेकोमा यसपालि उपमहानगर गुमाएर तीन पालिकामा विजय हासिल गरेको छ । कैलालीको जानकी गाउँपालिकामा रेशम चौधरीको नवगठित नागरिक उन्मुक्ति पार्टीले विजय भएको छ । नागरिक उन्मुक्ति पार्टीका तर्फबाट गणेश चौधरी सात हजार १५१ मत ल्याई विजयी अध्यक्षमा निर्वाचित भएका छन् ।अध्यक्ष चौधरी लामो समयदेखि टीकापुरमा रहेर पत्रकारिता गर्दै आएका थिए । पत्रकारिता छोडेर नागरिक उन्मुक्ति पार्टीबाट जानकारी गाउँपालिकामा उम्मेदवार बनेका चौधरी विजयी भएर अध्यक्ष बनेका हुन् ।

चौधरी गठबन्धनका माओवादी केन्द्रका साझा उम्मेदवार परशुराम महतोलाई एक हजार ९०९ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । महतौले पाँच हजार २४२ मत पाए ।यसै गरी उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार लालमतिदेवी कठरिया नेकपा एमालेका उम्मेदवार गीता चौधरीलाई एक हजार ७०४ मतले पछि पार्दै विजयी भएकी छन् । कठरियाले छ हजार ५६२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

जानकी गाउँपालिकामा उन्मुक्ति पार्टीले विजय हासिल गरेसँगै कैलालीमा पहिलो दल बन्न पुगेको हो । घोडाघोडीमा एकीकृत समाजवादीका उम्मेदवार नगरप्रमुखमा विजयी भएका छन् । गौरीगंगा नगरपालिका र महोन्याल गाउँपालिकामा माओवादीका उम्मेदवार विजयी भएका छन् । अघिल्लो निर्वाचनमा माओवादीले भजनी नगरपालिका र कैलारी गाउँपालिकमा विजय हासिल गरेको थियो । यसपालि माओवादीले ती दबै पालिका गुमाएको छ । 



शनिबार ०७, जेठ २०७९ ०३:२४ मा प्रकाशित

#स्थानीय निर्वाचन २०७९
Loading...

प्रतिकृया दिनुहोस