कञ्चनपुरको शुक्लाफाँटामा एमालेको अग्रता

कञ्चनपुरको शुक्लाफाँटामा एमालेको अग्रता

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा मतगणना कार्य अन्तिम चरणमा प्रवेश गरेको छ। १२ वडा रहेको शुक्लाफाँटा नगरपालिकामा १० वडाको मतगणना सकिएसँगै अहिले वडा नम्बर ११ को मतगणना जारी रहेको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नम्बर ११ मा पनि नेकपा एमालेले अग्रता कायमै गरेको छ । कुल मत जोड्दा एमालेबाट मेयरका उम्मेदवार रणबहादुर महराले ४ सय ८७ मतले अग्रता कायम गरेका छन् । उनले ५ हजार ६ सयस ९३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका चीन्तामणी भट्टले ५ हजार २ सय ६ मत ल्याएका छन् ।

यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवारले ४ हजार १ सय १८ मत ल्याएका छन् । उप्रमुख तर्फ भने नेपाली कांग्रेस अगाडी छ। नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी कल्पना कुमारी जोशीले ५ हजार २ सय ५३ मत ल्याएकी छन् । उनलाई नेकपा एमालेकी मोनिका कुमारी भण्डारीले ४ हजार ४ सय मतले पछ्याइरहेकी छन् ।यस्तै वडा नम्ब ११ को अध्यक्षमा नेपाली कांग्रेस अगाडी देखिएको छ । कांग्रेसका शेर बहादुर साउँदले १ सय ३९ मत ल्याउदा नेकपा एमालेका भक्त राज जोशीले १ सय २६ मत ल्याएका छन् ।