सुदूरपश्चिमका ८१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक, ७ पालिकाको बाँकी

सुदूरपश्चिमका ८१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक, ७ पालिकाको बाँकी

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ८१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। ८८ वटा स्थानीय तहमध्ये हालसम्म ८१ को अन्तिम सार्वजनिक मतपरिणाम अनुसार नेपाली काङ्ग्रेस सबैभन्दा बढी पालिकामा जित हात पार्दै पहिलो शक्ति बनेको छ।

नेपाली काङ्ग्रेसले अहिलेसम्म ३६ वटा स्थानीय तहमा जित हात पारेको छ । दोस्रो स्थानमा रहेको नेकपा एमालेले प्रदेशभरि २४ स्थानीय तहमा जित हात पारेको छ । यस्तै, माओवादी केन्द्रले १४, ५ महिना अगाडि मात्रै दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले चार जित हात पारेको छ ।

नेकपा (एकीकृत समाजवादी) ले दुई र एक स्वतन्त्रको जित भएको छ । प्रदेशभरि अब सात केही स्थानीय तहकोमात्रै नतिजा आउन बाँकी छ । अब प्रदेशका एक उपमहानगरपालिका र ६ नगरपालिकाको अन्तिम मतपरिणाम मात्रै सार्वजनिक गर्न बाँकी छ।

नेपाली काँग्रेस विजयी भएका पालिका
डोटीको बडीकेदार गाउँपालिका– भैरवबहादुर साउद
डोटीको पुर्वीचौकी गाउँपालिका– रामप्रसाद उपाध्याय
डोटीको दीपायल सिलगढी नगरपालिका– बाजिसिंह खड्का
डोटीको आर्दश गाउँपालिका– गणेशबहादुर खड्का
डोटीको सायल गाउँपालिका– धर्मराज जोशी
डोटीको शिखर नगरपालिका– दीर्घ बलायर
डोटीको केआईसिंह गाउँपालिका– लोकेन्द्रबहादुर शाही
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– भरत रोकाया
बाजुराको हिमाली गाउँपालिका– गोविन्दबहादुर मल्ल
बाजुराको त्रिवेणी नगरपालिका– कर्णबहादुर थापा
बैतडीको शिवनाथ गाउँपालिका– कर्णसिंह साउद
बैतडीको सिगास गाउँपालिका– हरिसिंह धामी
बैतडीको पुर्चौंडी नगरपालिका– दीपकबहादुर बम
बैतडीको पाटन नगरपालिका– गौरिसिंह रावल
डडेल्धुराको नवदुर्गा गाउँपालिका– लक्ष्मीप्रसाद अवस्थी
डडेल्धुराको गन्यापधुरा गाउँपालिका– इन्द्रबहादुर कार्की विजयी
डडेल्धुराको अमरगढी नगरपालिका– डिल्लीराज जोशी
डडेल्धुराको पर्शुराम नगरपालिका– भरत बडायर जोशी
डडेल्धुराको भागेश्वर गाउँपालिका– हेमराज चटौत
अछाम ढकारी गाउँपालिका– प्रकाशबहादुर साउद
अछामको कमलबजार गाउँपालिका–यज्ञप्रसाद ढकाल
अछामको बान्नीगणी जयगढ गाउँपालिका– टेकबहादुर साउद
अछामको रामारोशन गाउँपालिका– मानबहादुर साउद
अछामको चौरपाटी गाउँपालिका– भिमबहादुर साउद
अछामको पञ्चदेवल विनायक नगरपालिका– अम्बिका चलाउने
कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा–हरिशचन्द्र राना
कञ्चनपुरको बेदकोट नगरपालिका– भोजराज बोहरा
बझाङको बुंगल नगरपालिका– जयबहादुर धामी
बझाङको मष्टा गाउँपालिका– ज्ञानबहादुर बोहरा
बझाङको खप्तडछान्ना गाउँपालिका– उत्तम रोकाया
बझाङको वित्थडचिर गाउँपालिका– अम्मरसिंह महर
बझाङको सुर्मा गाउँपालिका–  खडक बोहरा
बझाङको जयपृथ्वी नगरपालिका–चेतराज बजाल
कैलालीको गोदावरी नगरपालिका– वीरेन्द्र भट्ट
कैलालीको कैलारी गाउँपालिका– राजसमझ चौधरी
कैलालीको लम्की नगरपालिकाको प्रमुख– सुशिला शाही

नेकपा एमाले विजयी भएका पालिका
बझाङको साइपाल गाउँपालिका– मानबहादुर बोहोरा विजयी
बझाङको थलारा गाउँपालिका– प्रकाश रोकाया विजयी
बझाङको तलकोट गाउँपालिका– कलकबहादुर रोकाया
दार्चुलाको महाकाली नगरपालिका– नरसिंह चैसिर
दार्चुलाको शैल्यशिखर नगरपालिका– विजयसिंह धामी
दार्चुलाको मालिकार्जुन गाउँपालिका– हिरासिंह धामी
दार्चुलाको दुहुँ गाउँपालिका– नरेन्द्रबहादुर वडाल
दार्चुलाको व्यास गाउँपालिका– मंगलसिंह धामी
बैतडीको पन्चेश्वर गाउँपालिका– गोरखबहादुर चन्द
बैतडीको दशरथचन्द नगरपालिका– पुष्करराज जोशी (लख्खाभाइ)
बैतडीको सुर्नया गाउँपालिका– अम्मर कुँवर
बैतडीको दोगडाकेदार गाउँपालिका– चक्रबहादुर कार्की
डोटीको जोयारल गाउँपालिका– दुर्गादत्त ओझा
कञ्चनपुरको लालझाडी गाउँपालिका– निर्मल राना
कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका– किशोर लिम्बू
बाजुराको गौमुल गाउँपालिका– हरिबहादुर रोकाया
बाजुराको बडिमालिका नगरपालिका– अमरबहादुर खड्का
बाजुराको जगन्नाथ गाउँपालिका– कालीबहादुर शाही
बाजुराको खप्तड छेडेदह गाउँपालिका– दिलबहादुर रावत
बाजुराको बुढीनन्दा नगरपालिका–जनककुमार बोहरा
कैलालीको चुरे गाउँपालिका– चक्रबहादुर बोगटी
कैलालीको बर्दगोरिया गाउँपालिका– कर्णबहादुर कुँवर
अछामको तुर्माखाद– डम्मरबहादुर बिसी
अछामको मंगलसेन नगरपालिका– पदमबहादुर बोहरा

नेकपा माओवादी केन्द्र विजयी भएका पालिका
दार्चुलाको नौगाड गाउँपालिका– दलजीत सिंह धामी
दार्चुलाको मार्मा गाउँपालिका– जमनसिंह धामी
दार्चुला अपिहिमाल गाउँपालिका– भक्तसिंह ठेकरे
दार्चुलाको लेकम गाउँपालिका– रामदत्त जोशी
डडेल्धुरा आलिताल गाउँपालिका– शेरसिंह पार्की
डडेल्धुराको अजयमेरु गाउँपालिका– उमेशप्रसाद भट्ट
डोटीको बोकटान फुड्सिल गाउँपालिका– कमलबहादुर गड्सिला
बैतडीको मेलौली नगरपालिका– भीमबहादुर चन्द
बझाङको दुर्गाथली गाउँपालिका– दिलबहादुर थापा
बझाङको छविसपाथिभेरा गाउँपालिका– बसन्त चलाउने
अछामको मेल्लेख गाउँपालिका– ज्वाला साउद
कञ्चनपुरको बेलौरी नगरपालिका– पोतिलाल चौधरी
कैलालीको मोहन्याल गाउँपालिका– देवीदत्त उपाध्याय ‘हिमशिखर’
कैलालीको गौरीगंगा नगरपालिका– देवीदत्त कँडेल

नागरिक उन्मुक्ति पार्टी विजयी भएका पालिका
कैलालीको टीकापुर नगरपालिका– रामलाल डगौरा थारु
कैलालीको जोशीपुर गाउँपालिका– चित्रबहादुर चौधरी
कैलालीको भजनी नगरपालिका– शेरबहादुर चौधरी
कैलालीको जानकी गाउँपालिका– गणेश चौधरी

नेकपा (एकीकृत समाजवादी) विजयी भएका पालिका
कैलालीको घोडाघोडी नगरपालिका– खडकबहादुर रावत
बझाङको केदारस्युँ गाउँपालिका – गणेश बोहरा

स्वतन्त्र विजयी भएका पालिका
बैतडीको डिलासैनी गाउँपालिका–सन्तोषप्रकाश जोशी

नतिजा आउन बाँकी पालिका
कैलालीको धनगढी उपमहानगरपालिका– स्वतन्त्रको अग्रता
कञ्चनपुरको पुनर्वास नगरपालिका– काँग्रेसको अग्रता
कञ्चनपुरको भीमदत्त नगरपालिका– काँग्रेसको अग्रता
कञ्चनपुरको कृष्णपुर नगरपालिका– काँग्रेसको अग्रता
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– एमालेको अग्रता
बाजुराको बुढीगंगा नगरपालिका– मतगणना सुरु गर्नै बाँकी
अछामको साँफेबगर नगरपालिका– काँग्रेसको अग्रता