धनगढी उप-महानगरका १० वडामा काँग्रेस, ३ एमाले र २ मा माओवादी विजयी

धनगढी उप-महानगरका १० वडामा  काँग्रेस, ३ एमाले र २  मा माओवादी विजयी

धनगढी । कैलालीको धनगढी उप-महानगरपालिकाका १९ वडामध्ये १५  वटा वडाको गणना सम्पन्न भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १५ वडामध्ये १० मा नेपाली काँग्रेस, ३ मा नेकपा एमाले र २ मा माओवादी केन्द्र विजयी भएको छ। 

वडा नम्बर १, २, ३, ४, ५, १३, १४, १५, १७ र १९ मा नेपाली काँग्रेस विजयी भएको छ भने ७, ८ र १८ मा एमाले विजयी भएको छ । 

त्यस्तै, वडा नम्बर ६ र १६ मा माओवादी केन्द्र विजयी भएको छ।  भने यो समाचार तयार पार्दासम्म वडा नम्बर ९, ११, १२ र १० को अन्तिम मत परिणाम आएको छैन ।