धनगढीको नयाँ मेयर गोपाल हमाल

धनगढीको नयाँ मेयर गोपाल हमाल

धनगढी । सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको उप(महानगरपालिकाको मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार हमालले ११ हजार ७ सय ५८ मतको अग्रता लिएका छन् । यद्धपी अब ७ हजार ४ सय ८९ मत मात्रै गन्न बाँकी रहेका छन् । 

६३ हजार ७१५ मत खसेको धनगढीमा ५६२२६ मत गन्दा हमालले २४५२९ मत पाएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली काँग्रेसका नृपबहादुर वडले १२७७१ मत प्राप्त गरेका छन् । भने नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ७३८६ मत ल्याएर तेस्रो स्थानमा छन् ।

यस्तै उपमेयरमा माओवादी केन्द्र (गठबन्धनकी साझा उम्मेदवार) की शान्ति अधिकारी र एमालेकी कन्दकला रानाबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

अधिकारीले ११ हजार ९८९ मत पाएकी छन् भने । एमालेकी कन्द्रकला रानाले १२ हजार ५९४ मतका साथ लिड गरिरहेकी छिन् । र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ३११ मत पाएका छन् ।