२६ हजार बढीले रोजे (गोपि) गोपाल हमाल लाई धनगढीको नयाँ मेयर

२६ हजार बढीले रोजे (गोपि)  गोपाल हमाल लाई धनगढीको नयाँ मेयर

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको मेयर पदमा २६८६५ मत सहित स्वतन्त्र उमेदवार गोपाल हमाल निर्वाचित भएका छन् । 

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार नृपबहादुर वडलाई उनले पराजित गरेका हुन् । वडले १४८१७ मत पाएका छन् ।

यस्तै उपमहानगरपालिकाको उपमेयरमा एमाले उम्मेदवार कन्दकला राना विजयी भएकी छिन्। उनले सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार शान्ति अधिकारीलाई पराजित गरेकी हुन्। रानाले १५ हजार ४७९ मत प्राप्त गर्दा माओवादी केन्द्रकी अधिकारीले १२ हजार ६७० मत पाइन्। स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ६०९ मत पाए।