कैलालीमा ट्र्याक्टर र स्कुटर आपसमा ठोक्किँदा ३० वर्षीया महिलाको मृत्यु

कैलालीमा ट्र्याक्टर र स्कुटर आपसमा ठोक्किँदा ३० वर्षीया महिलाको मृत्यु

धनगढी । कैलालीमा ट्र्याक्टर र स्कुटर आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। 

जिल्लाको गौरीगंगा नगरपालिका ३ कुचौनीमा से१त ६८२७ नम्बरको ट्र्याक्टर र सुपप्र ०१ ००८ प १७८३ नम्बरको स्कुटर ठोक्किएका हुन्।

 स्कुटर चालक लम्कीचुहा नगरपालिका १ की ३० वर्षीया सविता कडेलको घटनास्थलमै मृत्यु भएको  छ। स्कुटरमा सवार लम्कीचुहा ७ की २५ वर्षीया जमूना सिंह घाइते भएकी र उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

ट्र्याक्टर चालक गौरीगंगा ७ का २७ वर्षीय पुरन चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको उनले बताए।