कैलालीमा २८ वर्षीय युवक मृत फेला

कैलालीमा २८ वर्षीय युवक मृत फेला

धनगढी । कैलालीमा एक युवक मृत अवस्थामा फेला परेका छन्। 

आइतबार जिल्लाको लम्कीचुहा नगरपालिका ७ का २८ वर्षीय जय कृष्ण न्यौपाने मृत फेला परेका प्रहरीले बताएको छ।

उनी लम्कीचुहा १ स्थित विद्युत कार्यालयको गेट नजिक मृत भेटिएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।