कञ्चनपुरको शुक्लाफाँटामा एमालेका महरा विजयी, उपमेयर कांग्रेस

कञ्चनपुरको शुक्लाफाँटामा एमालेका महरा विजयी, उपमेयर कांग्रेस

कन्चनपुर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको मेयरमा एमाले र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। शुक्लाफाँटाको मेयरमा एमालेका रणबहादुर महरा र उपमेयरमा कांग्रेसकी उम्मेदवार कल्पनाकुमारी जोशी निर्वाचित भएका हुन्। 

निर्वाचन आयोगका अनुसार शुक्लाफाँटा नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार महरा ६ हजार ७ सय ७३ मत ल्याई विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार चिन्तामणि भट्टलाई ५ सय ९ को मतान्तरले पराजित गरेका हुन्। पराजित भट्टले ६ हजार २ सय ६४ मत ल्याएका छन्। तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका नवराज ऐरले ५ हजार २ सय २५ मत प्राप्त गरेका थिए।

यस्तै, शुक्लाफाँटाको उपमेयरमा कांग्रेसकी उम्मेदवार कल्‍पनाकुमारी जोशी ६ हजार ५ सय १९ मत प्राप्त गरिन्। उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) का उम्मेदवार माधवप्रसाद पन्तलाई पराजित गरेकी हुन्।

पन्तले ५ हजार ३ सय ६० मत ल्याएका थिए। मेयर जितेको एमाले उपमेयरमा भने तेस्रो स्थानमा रह्यो। एमालेका उपमेयरका उम्मेदवार ५ हजार २ सय ३६ मत प्राप्त गरेका थिए।