'गठबन्धन दलहरू बाट अपेक्षित सहयोग भएन, धोका भयो' : वड

'पार्टीको चुनाव चिन्ह मात्रै हो, म स्वतन्त्र उम्मेदवार थिए'

धनगढी खबर    

'गठबन्धन दलहरू बाट अपेक्षित सहयोग भएन, धोका भयो' : वड

धनगढी । नेपाली काग्रेंसका केन्द्रीय सदस्य तथा धनगढी उप-महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार नृप बहादुर वडले आफू स्वतन्त्र उम्मेदवार भएको बताएका छन् ।

धनगढी उप-महानगरपालिकाको निवर्तमान मेयर समेत रहेका वड स्वतन्त्र उम्मेदवार गोपाल हमालसँग पराजित भएपछि प्रतिक्रिया दिँदै आफू पार्टीबाट निर्वाचन लडेपनि स्वतन्त्र जस्तै उम्मेदवार भएको बताएका हुन् ।

यहाँ गठबन्धन भए पनि नामको गठबन्धन थियो वडले भने “म पार्टीबाट चुनाव लडेपनि स्वतन्त्र लडेको हुँ ।” उनको यो भनाई ले गठबन्धन र पार्टीबाट पूर्ण असहयोग भएपछि आफूलाई स्वतन्त्र रहेको आशय दिन्छ ।

वडले आफू मेयर हुँदा गरेका राम्रा कामलाई निरन्तरता दिन नवनिर्वाचित मेयर गोपाल हमाललाई आग्रह गरे । मैले धेरै राम्रा काम सुरु गरेको छु र विकासको जग बसिसकेको छ उनले भने “राम्रा कामलाई निरन्तरता दिनुहोला नराम्रा कामलाई सच्याएर जानुहोला मेरो राम्रा काममा सहयोग रहने छ ।”

उनले पुनः आईतवार दिउँसो पत्रकार भेटघाट तथा धन्यवाद ज्ञापन कार्यक्रको आयोजना गरेर पनि गठबन्धन  दलहरुबाट अपेक्षित सहयोग नभएको बताउँदै यो विषयमा केन्द्रीय सममिति तथा नेत्रृत्वले समिक्षा गर्नु पर्ने बताएका छन् । 



आइतबार ०८, जेठ २०७९ ०४:४२ मा प्रकाशित

#नेपाली काँग्रेस #धनगढी #नृप बहादुर वड
Loading...

प्रतिकृया दिनुहोस