कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेस विजयी

कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेस विजयी

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन । कृष्णपुरको मेयरमा कांग्रेसका उम्मेदवार हेमराज ओझा र उपमेयरमा द्रोपति राना विजयी भएका हुन् । 

मेयरमा निर्वाचित कांग्रेसका उम्मेदवार ओझाले १० हजार ३ सय ३४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जोगराज चौधरीले ८ हजार २ सय मत प्राप्त गरेका छन् । कृष्णपुर नगरपालिकामा एमालेका उम्मेदवार लोकेन्द्र पन्तले ६ हजार ४ सय ७४ मत पाएका छन् ।

कृष्णपुरको उपमेयरमा विजयी कांग्रेसकी द्रोपति रानाले ९ हजार ६ सय ७५ मत प्राप्त गरेकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी उम्मेदवार रमिता राना बडायकले ७ हजार ३ सय १६ मत प्राप्त गरिन् । उपमेयरमा माओवादी केन्द्र तेस्रो बनेको थियो । माओवादी केन्द्रकी उपमेयर उम्मेदवार गीता मल्लले ६ हजार ८ सय ५१ मत प्राप्त गरेकी छन् ।