पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरि लिटरमै १० रुपैयाँ बढ्यो

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य  फेरि लिटरमै १० रुपैयाँ बढ्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्दै पेट्रोलको मूल्य १८० पुर्‍याएको हो ।

यस्तै डिजेल, मट्टितेलको मूल्य पनि बढेको छ । डिजेल, मट्टितेल अहिले १६३ पुगेको छ ।

खाना पकाउने एलपी ग्यासमा दुई सय रुपैयाँ वृद्धि गर्दै १८०० पुर्‍याइएको छ ।