कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयर र उपमेयरमा काँग्रेसको जित

कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयर र उपमेयरमा काँग्रेसको जित

धनगढी । कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेसले जित निकालेको छ । 

मेयरमा काँग्रेसका तोयप्रसाद शर्मा विजयी भएका छन्। उनी १० हजार ६ मत प्राप्त गर्द विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदमबहादुर पुजाराले ४६७४ मत प्राप्त गरे।

उपमेयरमा  काँग्रेसकै भुलियाकुमारी राना विजयी भएकी छिन्। उनी ७३४५ मत प्राप्त गर्दै विजयी भएकी हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका धोखे रानाले ५४९२ मत प्राप्त गरेको पुनर्वासका निर्वाचन अधिकृत किरण जोशीले बताए।