कञ्चनपुरको भीमदत्तको मेयरमा काँग्रेसका पदम बोगटी निर्वाचित

कञ्चनपुरको भीमदत्तको मेयरमा काँग्रेसका पदम बोगटी निर्वाचित

धनगढी । कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली काँग्रेसका पदम बोगटी विजयी भएका छन् । उनी १५ हजार ८ सय ८२ मत का साथ विजयी भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेशप्रसाद पन्तले ८१७९ मत प्राप्त गरे। 

उपमेयरमा पनि काँग्रेसकै निलम जोशी निर्वाचित भएकी छिन्। उनले १२ हजार २ सय १६ मत प्राप्त गरिन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कृष्णदत्त जोशीले १० हजार ५ सय ९६ मत गरे।