चुनावमा असहयोग गर्ने ९ जनालाई राप्रपा बझाङले गर्यो कारबाही

चुनावमा असहयोग गर्ने  ९ जनालाई राप्रपा बझाङले गर्यो कारबाही

धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टी बझाङले स्थानीय तह सदस्य निर्वाचनका बेला असहयोग गरेको भन्दै पार्टीका ९ जनालाई कारबाही गरेको छ। 

आइतबार पार्टीको जिल्ला कार्यसमितिले एक विज्ञप्ति निकाल्दै पार्टीमा रहेका ९ जनालाई साधारण सदस्य समेत नरहने गरी ५ वर्षका लागि निलम्बन गरेको जनाएको हो।

राप्रपा केन्द्रीय कार्यालय धुम्बाराही र सर्वसाधारणको जानकारी लागि भन्दै पार्टीका पूर्व पार्टी सहअध्यक्ष विश्वप्रकाश जेठारा, पूर्व पार्टी सल्लाहकार लालबहादुर खड्का, पूर्व पार्टी सचिव जनकबहादुर ओली, पूर्व कोषाध्यक्ष्य सुरतबहादुर च्वाँन, पूर्व पार्टी सदस्य जगतबहादुर सिंह जरोबर, पूर्व पार्टी उपाध्यक्ष जुनादेवी सिंह, वर्तमान पार्टी उपमेयर मनादेवी सिंह, वर्तमान महिला उपाध्यक्ष जानकीदेवी खाती र वर्तमान पार्टी सदस्य कर्णबहादुर रोकायालाई कम्तिमा ५ वर्ष साधारण सदस्य नरहने गरी निलम्बन गरिएको जिल्ला कार्यसमितिका अध्यक्ष धिरजविक्रम सिंहद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ।