काठमाडौंमा बालेनको फराकिलो अग्रता कायमै, सिर्जनाले र केशव कति मतले पछि ?

काठमाडौंमा बालेनको फराकिलो अग्रता कायमै, सिर्जनाले र केशव कति मतले पछि ?

काठमाडौं ।  महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतान्तरसहितको अग्रता कायमै राखेका छन्। 

सोमबार बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार बालेन ४३ हजार ७ सय ५७ मतसहित अग्रता फराकिलो पारेका छन्।

दोस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह छिन्। उनले २५ हजार ६ सय ८० मत पाएकी छन्। बालेनले सिर्जनाको भन्दा १८ हजार ७७ मत धेरै पाएका छन् । 

तेस्रो स्थानमा धकेलिएका एमालेका केशव स्थापितले २४ हजार ५८८ मत पाएका छन् । सिर्जना र स्थापितको मतान्तर १ हजार ९२ छ। 

काठमाडौंमा हालसम्म १ लाख २४ हजार ५४४ मत गणना भइसकेको छ। यहाँ १ लाख ९० हजार ९८४ मत खसेको थियो ।