उद्घाटन, सम्मान जस्ता कार्यक्रममा नअल्झाई जनताको काम गर्ने वातावरण बनाइदिन धनगढी उपमहानगरपालिकाका मेयर हमालको आग्रह

उद्घाटन, सम्मान जस्ता कार्यक्रममा नअल्झाई जनताको काम गर्ने वातावरण बनाइदिन धनगढी उपमहानगरपालिकाका मेयर हमालको आग्रह

धनगढी  । धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित ले उद्घाटन तथा स्वागत सम्मान जस्ता काममा आफूलाई नअल्झाउन धनगढीवासीलाई आग्रह गरेका छन्।

धगढीवासीले चुनावबाटै सम्मानजनक मत दिइसकेकाले अब काम गर्ने वातारण सिर्जना गरिदिन उनले फेसबुकमार्फत आग्रह गरेका छन्।

उनले लेखेका छन्, ‘यहाँहरुको अमूल्य मतबाट धनगढीको अभिभावकको जिम्मेवारीमा पुगाइसकेपछि अब मैले निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरा गर्न मेरो सम्पूर्ण समय आजैदेखि लगाउने भएको हुँदा कृपया धनगढीवासी र यहाँका संघसंस्थाहरुलाई अति आवश्यक काम बाहेक उद्घाटन, सभा सेमिनार, स्वागत, सम्मान कार्यक्रम आदिमा नअल्झाई मलाई जनताको काम गर्ने वातावरण बनाइ सहयोग गरिदिनहुन हार्दिक अनुरोध गर्दछु।’