जेलमा सजाय काटिरहेका कपिल शर्मा सो का सिद्दु ले गरे दाल रोटी खान अस्वीकार

जेलमा सजाय काटिरहेका कपिल शर्मा सो का सिद्दु ले गरे  दाल रोटी खान अस्वीकार

भारतीय कांग्रेस नेता नवजोत सिंह सिद्धू आजकाल पटियाला जेलमा बन्द छन् । उनी ३३ वर्ष पुरानो रोड रेज मुद्दामा सर्वोच्च अदालतद्वारा दिएको सजाय काटिरहेका छन् । 

यसैबीच सिद्धूले जेलमा दाल–रोटी खान अस्वीकार गरेका छन् । उनले पटियालाको राजिन्द्र अस्पताल लगिएको छ । जहाँ उनको स्वास्थ्य परीक्षण गरिँदै छ ।

जेल प्रशासनले मेडिकल बोर्डको गठन गरेको छ । यो बोर्डले सिद्धूका लागि डाइट प्लान तयार गर्नेछ । सिद्धूले आफूलाई गहुँसँग एलर्जी भएका कारण उनले जेलको खाना अस्वीकार गरेका छन् । उनले जेलको दाल–रोटी खाइरहेका छैनन् । उनले सलाद खाएर मात्रै दिन कटाइरहेका छन् ।