धनगढीको विकासका लागि पञ्चवर्षीय योजना संगै उपमहानगरपालि मा मेयर हमालको इन्ट्री

धनगढीको विकासका लागि पञ्चवर्षीय योजना संगै उपमहानगरपालि मा मेयर हमालको इन्ट्री

धनगढी । धनगढी उपमहानगरपालिको मेयरमा गोपाल हमालले पञ्चवर्षीय आवधिक योजना निर्माण सम्बन्धी प्रस्ताव सदर गर्दै इन्ट्री गरेका छन्। 

उनले प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले पेश गरेको फाइलमा हस्ताक्षर गर्दै सो निर्णय गरेका हुन्। 

हमाल समक्ष प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले पेश गरेको प्रस्तावमा अगामी आर्थिक वर्ष २०७९र८० देखि २०८३र८४ सम्मको पहिलो पञ्चवर्षीय आवधिक योजना बनाइ कार्यान्वयनमा लैजाने उल्लेख छ। 

निर्णय पुस्तिकामा भनिएको छ, ‘स्थानीय सञ्चालन ऐन २०७४ मा भएको व्यवस्थालाई दृष्टिगत गर्न आवश्यक प्रक्रियागत कानून चालु आर्थिक वर्षमा अगाडि बढाउन र यसको लागि बजेट विनियोजन भैसकेकोले सो कार्य गर्नु मनासिवदेखि आवश्यक निर्णयार्थ पेस गरेको छु।’ 

पदभार ग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिंदै मेयर हमालले धनगढीको विकासका लागि योजनाबद्व रूपमा काम थाल्ने उद्देश्यले पहिलो पञ्चवर्षीय आवधिक योजना बनाएर अगाडि बढ्ने बताएका छन्।