कञ्चनपुरमा कांग्रेस , एमाले र माओवादी विजयी भएका पालिका हरु को विवरण

कञ्चनपुरमा कांग्रेस , एमाले  र  माओवादी विजयी भएका पालिका हरु  को विवरण

कञ्चनपुर । कञ्चनपुरका नौ वटै पालिकामा स्थानीय तहको निर्वाचनको मतगणना सकिएको छ। 

 यो संगै नेकपा एमाले ले मात्र तीन पालिका हासिल गरेको छ । नेपाली कांग्रेसले चार नगर र एउटा गाउँपालिकामा विजयी हासिल गरेको छ ।

 भीमदत्त, बेदकोट, कष्णपुर तथा पुनर्वास नपा र बेल्डाँडी गाउँपालिकामा नेपाली कांग्रेसले जीत हासिल गरेको छ । 

त्यसैगरी एमालेले दोधारा–चाँदनी र शुक्लाफाँटा नगरपालिका तथा लालझाडी गाउँपालिकामा जीत हासिल गरेको छ । 

त्यसैगरी स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र ले  बेलौरी नगरपालिका जितेको छ । 

नगरप्रमुखमा भीमदत्तमा नेपाली कांग्रेसका पदम बोगटी, बेदकोटमा कांग्रेसकै भोजराज बोहरा, कृष्णपुरमा कांग्रेसका हेमराज ओझा, पुनर्वासमा तोयराज शर्मा र बेल्डाँडी गाउँपालिकामा कांग्रेसका हरिचन्द्र राना निर्वाचित भएका छन् ।

त्यस्तै दोधारा–चाँदनीमा एमालेका किशोरकुमार लिम्बू, शुक्लाफाँटामा एमालेकै रणबहादुर महरा र लालझाडीमा निर्मल राना नेतृत्वमा पुगेका छन् । त्यसैगरी माओवादीका पोतिलाल चौधरी बेलौरीको नेतृत्वमा दोस्रो पटक पुगेका हुन् । 

 नेकपा माओवादी केन्द्रसित गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएको नेकपा एकीकृत समाजवादी ले पालिका जित्न सकेन् । ९२ वडा रहेको कञ्चनपुरमा यसपटक दुई वडाध्यक्ष स्वतन्त्रबाट निर्वाचित भएका छन् ।

भीमदत्त–१३ मा रामचन्द्र बोहरा र पुनर्वासमा श्रवण रानाले विजयी भएका छन्। त्यसैगरी उपप्रमुख मा नौ पालिकामध्ये सात उपप्रमुख एवं उपाध्यक्ष नेपाली कांग्रेसले जितेको छ । दोधारा–चाँदनी, भीमदत्त, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर र पुनर्वास नगरपालिका तथा बेल्डाँडी गाउँपालिकामा कांग्रेसले उपप्रमुख जितेको हो ।