‘भ्रष्टाचार मुद्दा’ खेपिरहेका कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्षले लिए सपथ

‘भ्रष्टाचार मुद्दा’ खेपिरहेका कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्षले लिए सपथ

धनगढी। कैलालीको मोहन्याल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देवी दत्त उपाध्यायले जिल्ला अदालत कैलालीमा सपथ ग्रहण गरेका छन। उनी नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित भएका हुन।

यसअघि निर्वाचन आयोगले उनलाई सपथ नगराउन निर्देशनसमेत दिएको थियो। तर, आज उनले सपथ लिएको कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए। मोहन्याल गाउँपालिकाको प्रमुखमा बुधबार दिउँसो सम्पन्न मतगणनाअनुसार तीन हजार १३४ मत प्राप्त गर्दै उपाध्याय अध्यक्षमा निर्वाचित भएका हुन्।

प्रमुख निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनी ४१९ मतान्तरले विजयी भए। उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका धरम थापा मगरले दुई हजार ७१५ मत प्राप्त गरे।