कस्तो रह्यो धनगढी उप-महानगरको मेयरका रूपमा गोपाल हमालको पहिलो दिन ?

कस्तो रह्यो धनगढी उप-महानगरको मेयरका रूपमा गोपाल हमालको पहिलो दिन ?

धनगढी ।  सुदूरपश्चिम प्रदेशको एक मात्र उप-महानगरपालिका धनगढीका नवनिर्वाचित मेयर गोपाल हमालले पदभार ग्रहण गरेका छन् । स्वतन्त्रबाट चुनाव जितेका उनले सोमबार शपथ ग्रहण गरे लगत्तै उपमहानगरपालिको कार्यकक्षमा पदभार सम्हालेका हुन्।

 कसरी बित्यो मेयर हमालको पहिलो दिन ?

- हमालले बिहान १० बजे कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरू समक्ष जिल्ला अदालतको हलमा शपथ ग्रहण पद तथा गोपनीयताको शपथ ग्रहण 

- १०ः३८ मा उपमहानगरपालिकामा आगमन सँगसँगै कर्मचारीहरुद्धारा स्वागत

- हमाल १०ः४५ बजे नगर प्रमुखको कार्यकक्ष बाहरि सचिवालयमा पुगेका थिए । 

- त्यस पश्चात् उनले हिन्दु धर्मको विधिअनुसार ११ बजेर १५ मिनेटमा हमालले पदभार ग्रहण गरेका थिए । भने सँग सँगै उनले धनगढी उपमहानगरपालिको पञ्चवर्षीय आवधिक योजना निर्माण सम्बन्धी प्रस्ताव सदर गरेका छन् ।

- त्यस्तै, उनी पदभार ग्रहण पछि लगत्तै भोजन गर्न गए । त्यस लगत्तै उप-प्रमुख तथा धनगढी उपमहानगरका १९ वटै वटाका नव निर्वाचित ना प्रतिनिधिलाई १ बजे पछि  शपथ ग्रहण गराए । 

- यस्तै, मेयर हमालले २ बजे पछि नगर कार्यपालिका को पहिलो बैठक समेत बसेका थिए । 

- भने उनले धनगढी उपमहानगरपालिका क्षेत्रमा सरसफाइमा काम गर्ने कर्मचारीहरूलाई सरसफाइ व्यवस्थापन गर्न र नगर प्रहरीहरूलाई सडकमा राखिएका निर्माण सामग्री हटाउन आदि निर्देशन सहितको छलफल र  प्रोत्साहन स्वरूप खादा लगाएर सम्मान समेत गरो थिए ।