कैलालीमा बस दुर्घटनामा घाइते भएका मध्ये एकको मृत्यु

कैलालीमा बस दुर्घटनामा घाइते भएका मध्ये एकको मृत्यु

धनगढी । कैलालीमा गुडिरहेको बस नालीमा खसेपछि हिजो दुर्घटना भएको थियो । जिल्लाको घोडाघोडी नगरपालिका १० मा ना ५ ख ८६९१ नम्बरको गुडिरहेको बस नालीमा खसेको हो। 

दुर्घटनामा घाइते भएका एक जनाको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। मृत्यु हुनेमा लम्की–चुहा नगरपालिका २ बस्ने २० वर्षीय पारस खत्री रहेको प्रहरीले बताएको छ। 

प्रहरीका अनुसार उक्त बस धनगढीबाट टीकापुर गइरहेको थियो। गुडिरहेकै बेला स्टेरिङ फेल भएपछि अचानक बस नालीमा पसेको थियो। बस नालीमा फसेपछि बसमा सवार ४ जना घाइते भएका छन्। घाइतेहरुको उपचार भइरहेको छ।