बैतडीको पाटन मेयरका सिंहले ‘हेल्प डेस्क’ सञ्चालन गर्ने

बैतडीको पाटन मेयरका सिंहले  ‘हेल्प डेस्क’ सञ्चालन गर्ने

धनगढी । बैतडीको पाटन नगरपालिकामा ‘हेल्प डेस्क’ सञ्चालन गरिने भएको छ। नवनिर्वाचित मेयर गौरीसिंह रावल र उपमेयर कमलसिंह बोहराको उपस्थितीमा बसेका कर्मचारी सहितको बैठकले नगरपालिभित्रै नागरिक सहायता कक्ष अर्थात हेल्प डेस्क सञ्चालन गर्ने निर्णय गरेको हो।
 
सेवा लिनका लागि नगरपालिकामा पुगेका नागरिकलाई अलमल नहोस भनेर हेल्प डेस्क स्थापना गर्ने निर्णय भएको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए। हेल्प डेस्कमा दुईजना कर्मचारी खटाएर व्यवस्थित गरिने उनले बताए।