बेलौरीका नगर प्रमुखले गरे सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा

बेलौरीका नगर प्रमुखले गरे सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा

धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले  नगरका सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेका छन्।

उनको पहिलो निर्णयअनुसार नगरपालिका क्षेत्रभित्र बसोवास गर्ने सुत्केरी महिलालाई आकस्मिक अवस्थामा घरदेखि नगरपालिका अन्तर्गतका स्वास्थ्य केन्द्र, सेती प्रादेशिक अस्पताल तथा महाकाली प्रादेशिक अस्तालसम्म पुर्याउन निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरिने भएको हो।