भरतपुरमा रेनु दाहाल भारी मतान्तरले विजयी , दोस्रो पटक बनिन् मेयर

भरतपुरमा रेनु दाहाल भारी मतान्तरले विजयी , दोस्रो पटक बनिन् मेयर

चितवन ।  भरतपुर महानगरपालिकाको मेयरमा रेनु राहाल र उपमेयरमा चित्रसेन अधिकारी विजयी भएका छन् । दाहाल दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएकी हुन् । 

रेणुले मेयरमा ५१ हजार १ सय १२ प्राप्त गरेकी छन् । एमालेका उम्मेदवार विजय सुवेदीले ३८ हजार ९ सय ७२ पाएका छन् ।

अब १ हजार मत गणना हुन मात्र बांकी छ । दाहाल भारी मतान्तरले विजयी भएकी हुन् ।


रेनुको मत अन्तर सुवेदीभन्दा १२ हजार १ सय ४० मत छ । नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय २७ मत ल्याएका छन् । भरतपुरमा माओवादी र नेपाली कांग्रेस र एमाले र राप्रपाबीच गठबन्धन बनेको थियो ।

उपमेयरमा अधिकारीले ५१ हजार ९ सय ३ मत पाएका छन भने राप्रपाकी हिमला गुरुङले ३० हजार ३ सय २६ मत पाएकी छन् ।