भारतमा २४ घण्टामा २ हजार कोरोना संक्रमित, ४६ जनाको मृत्यु

भारतमा २४ घण्टामा २ हजार कोरोना संक्रमित, ४६ जनाको मृत्यु


भारतमा पछिल्लो २४ घण्टामा २ हजार २२ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण देखिएको छ । योसँगै भारतमा कोभिडबाट संक्रमित हुनेको संख्या ४ करोड ३१ लाख ३८ हजार ३९३ पुगेको छ । 

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ८३२ रहेको छ । यो कुल संक्रमितको शून्य दशमलव ०३ प्रतिशत हो । मन्त्रालयका अनुसार कोभिडबाट निको हुने समग्र दर ९८ दशमलव ७५ प्रतिशत छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ४६ संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ४५९ जना पुगेको छ । 

भारतमा पछिल्लो केही दिनमा कोभिड संक्रमितको संख्या फेरि बढेको छ ।