आन्तरिक हवाई भाडादर बढ्यो, हेर्नुस् कहाँको भाडा कति ?

आन्तरिक हवाई भाडादर बढ्यो, हेर्नुस् कहाँको भाडा कति ?

काठमाडौं । हवाई इन्धन मूल्य बढेसँगै वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन्। 

वायु सेवा सञ्चालक संघले सोमबार एक सूचना जारी गर्दै आन्तरिकतर्फ न्यूनतम ९० रुपैयाँदेखि अधिकतम ४४५ रुपैयाँसम्मले भाडा वृद्धि गरेको हो। सबैभन्दा बढी काठमाण्डौ–धनगढीको भाडा ४४५ रुपैयाँले बढेको छ भने सबैभन्दा कम काठमाडौं–सिमरा ९० रुपैयाँले बढेको छ। 

यो बढोत्तरीसँगै अब काठमाडौंदेखि धनगढीको हवाई भाडा १५ हजार ६६५ रुपैयाँ पुगेको छ। काठमाडौ–नेपालगन्जको भाडा १२ हजार ८९५, भद्रपुरको ११ हजार ९३५ रुपैयाँ र विराटनगर ९ हजार ३२५ रुपैयाँ पुगेको छ। 

यसैगरी नयाँ भाडादरअनुसार काठमाण्डौ–जनकपुर ४ हजार २५० रुपैयाँ, भरतपुर ४ हजार ४३५ रुपैयाँ, पोखरा ६ हजार ३०५ रुपैयाँ रुपैयाँ, भैरहवा ७ हजार ८८० रुपैयाँ पुगेको छ। 

संघका अनुसार नयाँ भाडादर जेठ ११ बुधबार गतेदेखि लागू हुनेछ।