अछामका वडाध्यक्षको आफूले पाएको मत संख्या बराबर वृक्षारोपण गर्ने निर्णय

अछामका वडाध्यक्षको आफूले पाएको मत संख्या बराबर वृक्षारोपण गर्ने निर्णय

अछाम । अछामको तुर्माखाँद गाउँपालिका–४ का नवनिर्वाचित वडाध्यक्ष पदबहादुर बिसीले आफूले पाएको मत संख्या बराबर वृक्षारोपण गर्ने निर्णय गरेका छन्। 

सोमबार पदभार ग्रहण गरेपछि पहिलो बैठकबाट उनले वृक्षारोपण दिवसका अवसरमा आगामी असार १४ गते १०२८ वटा विरुवा रोप्ने निर्णय गरेका हुन्। वृक्षारोपणलाई आगामी पाँच वर्षसम्मै निरन्तरता दिने बताईएको छ।


उनी नेकपा माओवादी केन्द्र बाट चुनाव लडेका हुन् । उनले १०२८ मत पाएका थिए। उनले वडामा कुनै नागरिकको मृत्यु भएमा उसको परिवारलाई किरिया खर्चस्वरूप ५ हजार उपलब्ध गराउने पनि निर्णय गरेका छन्।