डोटीमा एमालेको लाज बचाए दुर्गादत्तले

डोटीमा एमालेको लाज बचाए दुर्गादत्तले

डोटी । डोटी गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार दुर्गादत्त ओझा  विजयी भएका छन्। ओझाले ३४४९ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका दिपककुमार बिष्टले ३४१२ मत ल्याए । एमालेका ओझा जम्मा ३७ मतान्तरले विजयी भए।

गाउँपालिकाको अध्यक्षमा एमाले उम्मेदवार दुर्गादत्त ओझा प्रतिस्पर्धीसँग धेरै कम मतान्तरले विजयी भएका छन। तर पनि उनले विजयी भएर एमालेको लाज बचाएका हुन् । 

२०७४  को निर्वाचनमा ५ पालिका प्रमुख र ६ उपप्रमुख जितेको एमालेले यसपटक एक पालिका प्रमुख र उपप्रमुखमा चित्त बुझाएको छ। 

त्यस्तै जोरायलमा एमालेले उपाध्यक्ष पनि जितेको छ। एमाले उम्मेद्वार जमुना बोहरा ३५९९ मत ल्याएर उपाध्यक्षमा पुनः निर्वाचित भएकी छन्। ०७४ को निर्वाचनमा ९१३ मतको अन्तर रहेकोमा यस पटक कांग्रेसकी चन्द्राकुमारी साउँद संग जम्मा ८२ मतको मात्रै अन्तर रहेको छ।