म्युचुअल फ्रेन्ड लिस्टमा कसैकसैलाई किन देखाउँदैन फेसबुक , कस्तो हुन्छ सेटिङ ?

म्युचुअल फ्रेन्ड लिस्टमा कसैकसैलाई किन देखाउँदैन फेसबुक , कस्तो हुन्छ सेटिङ ?

काठमाडौं । फेसबुकमा दुई फरक प्रोफाइलसँग जोडिएको साझा प्रोफाइल छ भने उक्त प्रोफाइललाई म्युचुअल फ्रेन्ड्स भन्ने गरिन्छ।  तपाईँको फेसबुक प्रोफाइलमा फ्रेन्ड लिस्ट ‘हाइड’ लुकेको भएपनि तपाईँसँग जोडिएका म्युचल फ्रेन्डहरू भने सम्बन्धित व्यक्तिहरूले हेर्न सक्छन् । 

तपाईँले पनि त्यसैगरी अरुको प्रोफाइलमा रहेका म्युचुअल फ्रेन्ड देख्न सक्नुहुन्छ। तर कसैकसैलाई म्युचुअल फ्रेन्डको रुपमा रहेको भए पनि फेसबुकले त्यसलाई उक्त सूचीमा देखाइरहेको हुँदैन ।

आखिर किन यस्तो हुन्छ ? सम्भवतः तपाईँले आफ्नो फेसबुकमा रहेका साथीहरूको सूची अरूले हेर्न नपाउने त पक्कै पनि बनाउनु भएकै होला । ९यदि छैन भने यहाँ क्लिक गरेर त्यसको तरिका बारे थाहा पाउन सक्नुहुनेछ

यसरी फेसबुकको सेटिङमा गएर ‘हु क्यान सि योर फ्रेन्ड लिस्ट’ लाई ‘अन्ली मी’ गर्नेहरूलाई एक अर्काको फेसबुक प्रोफाइलको म्युचुअल फ्रेन्डको लिस्टमा देखाउँदैन ।

यसको अर्थ तपाईँले र तपाईँको कुनै साथीले आआफ्नो फेसबुकको फ्रेन्ड लिस्टलाई ‘अन्ली मी’ गर्नु भएको छ भने तपाईँको फेसबुकमा रहेको कुनै अर्को व्यक्तिले तपाईँको साथीको प्रोफाइल चेक गर्दा तपाईँलाई म्युचुअल फ्रेन्डको लिस्टमा देखाउँदैन ।

यदि तपाईँले कसैको फेसबुक प्रोफाइलको म्युचुअल फ्रेन्डको लिस्टमा आफ्ना साथीहरूलाई देख्नु भयो भने सम्झिनुहोस्, तपाईँका ती साथीहरू वा जसको प्रोफाइल हेर्नु भयो, उसका फेसबुकमा रहेका सम्पूर्ण साथीहरूलाई अरुले पनि हेर्न सक्छन् ।