काठमाडौँ – नेकपा माओवादी केन्द्र को संसदिय दलको बैठक दलको बैठब शुरु भएको छ। संसदीय दलको कार्यालय सिँहदरबारमा अहिले बैठक बसिरहेको माओवादी केन्द्रका मुख्य सचेतक देव गुरुङले जानकारी दिए ।
आज मंगलबार संसद बैठकमा प्रस्तुत हुने रणनीति तय गर्न बैठक बस्न लागेको हो। बैठकमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रमको आधारमा सरकारले जेठ १५ गते बजेट वक्तव्य सार्वजनिक गर्नेछ ।
मुख्य सचेतक गुरुङका अनुसार उक्त नीति तथा कार्यक्रममाथि पार्टीको तर्फबाट सदनमा राख्ने धारणा देखि अन्य सबै रणनीति तय गर्ने बारे छलफल हुनेछ ।