धनगढी । कैलालीको टीकापुरमा पेट्रोलियम पदार्थको मूल्यवृदिको विरोधमा प्रदर्शन गरिएको छ।
टीकापुर खडक चोकमा पेट्रोलिय पदार्थको मुल्यवृद्धिको विरोधमा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु टिकापुरको अयोजनामा विरोधमा प्रदर्शन गरिएको हो।
प्रदर्शनमा ‘मूल्य वृद्धि नियन्त्रण गर’, ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर’, ‘परमादेश को सरकार चाहिदैन’, जस्ता नारा लगाइएको थियो।
पेट्रोलिय पदार्थको मुल्यवृद्धिको विरोधमा देशका बिभिन्न स्थानमा प्रदर्शन भैरहेको छ ।