बैतडीमा खोरेत रोगको प्रकोप, खोरेत रोगबाट धमाधम पशुहरु मर्ने क्रम

बैतडीमा खोरेत रोगको प्रकोप, खोरेत रोगबाट धमाधम पशुहरु मर्ने क्रम

बैतडी । बैतडीको पाटन नगरपालिकामा खोरेत रोगको प्रकोप देखिएको छ। नगरपालिका–५ वसन्तपुरका किसानहरुले पालेका गाई, गोरु, भैँसी, बाख्रालगायतका पशुहरुमा खोरेत रोगको प्रकोप देखिएको हो। 

खोरेत रोगबाट धमाधम पशुहरु मर्ने गरेका छन्। पछिल्लो दुई हप्ताको अवधिमा यहाँ २० वटा पशु मरेको  र २५० भन्दा बढी पशुमा सङ्क्रमण देखिएको पाटन नगरपालिकाका उपप्रमुख कमल बोहराले बताए। 

नगरपालिकाका पशु प्राविधिकसहितको टोली पाटन–५ का टोलहरुमा खटिएका छन्। तीन सय खोपसहित तीनजना पशु सेवा प्राविधिकहरुलाई गाउँमा खटाइएको हो। खुट्टामा घाउ हुने, खुरमा घाउ हुने, हिँड्न नसक्ने, जिब्रोमा समेत असर गरी पशुहरु मर्ने गरेको पाइएको छ।