अमेरिकाको टेक्ससमा गोली लागेर शिक्षकसहित कम्तीमा १४ बालबालिकाको ज्यान गयो

अमेरिकाको टेक्ससमा गोली लागेर शिक्षकसहित कम्तीमा १४ बालबालिकाको ज्यान गयो

अमेरिकाको टेक्ससमा गोली लागेर शिक्षकसहित कम्तीमा १४ बालबालिकाको ज्यान गएको छ । एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा एक शिक्षक र कम्तीमा १४ जना विद्यार्थी मारिएका टेक्सस राज्यका गभर्नर ग्रेग याबटलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गोली चलाउने १८ वर्षका युवकको पनि ज्यान गएको छ । राष्ट्रपति जो बाइडनले ज्यान गुमाएकाहरुको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिनुभएको छ ।