गेटा मेडिकल कलेज सञ्चालनमा सरकार उदासिन बनेको भन्दै विरोध शुरु

गेटा मेडिकल कलेज सञ्चालनमा सरकार उदासिन बनेको भन्दै विरोध शुरु

धनगढी । गेटा मेडिकल कलेज सञ्चालनमा सरकार उदासिन बनेको भन्दै विरोध शुरु  भएको छ। सञ्चालनको पर्खाइमा रहेको मेडिकल कलेजको पूर्वाधार निर्माणको काम ९० प्रतिशत सकिदा पनि सञ्चालनमा वेवास्ता गरिएको भन्दै विरोध सुरु भएको हो। 


हिजो मात्र नेपाल सरकारले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेजलाई नसमेटेको भन्दै धनगढीका युवा यमराज जोशीले आज विरोध प्रदर्शन गरेका छन्। सरकारले डडेल्धुरामा मेडिकल कलेज बनाउने भन्दै गेटालाई वेवास्ता गरेकोले आफूले रचनात्मक विरोध प्रर्दशन गरेको जोशी बताए। 

उनले एकल प्रदर्शन गरेका‌ हुन्। सरकारले गेटा मेडिकल कलेजलाई सञ्चालन गर्न पहल गर्नुपर्ने उनको माग छ।