धनगढीमा विद्यालय तथा सार्वजनिक स्थलको सय मिटरभित्र सुर्ती मदिराजन्य पदार्थ विक्री गर्न रोक

धनगढीमा विद्यालय तथा सार्वजनिक स्थलको सय मिटरभित्र सुर्ती मदिराजन्य पदार्थ विक्री गर्न रोक

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले बालबालिकालाई मदिराजन्य तथा सुर्तीजन्य पदार्थ सेवन तथा विक्री वितरण नगर्न नगराउन आग्रह गरेको छ ।

बुधबार वडा कार्यालयले सूचना जारी गर्दै आफनो क्षेत्रभित्र सञ्चालनमा रहेका व्यवसायी तथा अभिभावकहरूले मदिराजन्य तथा सुर्तीजन्य पदार्थ सेवन तथा विक्री वितरणमा १८ वर्ष मुनिका बालबालिकालाई प्रयोग नगर्न आग्रह गरेको हो ।  वडा अध्यक्ष गजेन्द्र शाहीले बालबालिकाहरूले धुम्रपान र मद्यपान विक्री वितरण तथा सेवन गरिरहेको गुनासो बढेपछि सो सूचना जारी गरिएको बताए ।

उनले लागुपदार्थ दुर्व्यसनीले देशमै प्रसय पाएको हुँदा नियन्त्रण गर्न पनि वडा कार्यालयले ऐन बमोजिम वडामा सो नियमलाई कडाईका साथ अघि बढाएको बताए । उनले यससँगै वडा कार्यालय क्षेत्रभित्र रहेका विद्यालय तथा सार्वजनिक कार्यालयको एक सय मिटरभित्र सुर्तीजन्य तथा मदिराजन्य पदार्थ विक्री वितरणमा पनि रोक लगाइने बताए ।