५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको खोप दिने सरकारको तयारी

५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको खोप दिने सरकारको तयारी

सरकारले पाँचदेखि एघार वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्ध (कोभिड–१९) विरुद्धको फाइजर खोप दिइने भएको छ । अमेरिकी सरकारको सहयोगमा कोभ्याक्समार्फत पाँचदेखि एघार वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्ध (कोभिड–१९) विरुद्धको फाइजर खोप दिइने भएको हो ।   

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेश चौरसियाले कोभ्याक्स सुविधामार्फत नेपालले ८४ लाख मात्रा खोप प्राप्त गर्न लागेको जानकारी दिए । उनले सोही कार्यक्रम अन्तर्गत असार महिनाभित्र बालाबालिकाहरुलाई खोपको पहिलो मात्रा दिइने जानकारी दिए । चौरसियाले भने, ‘असार महिनाभित्रै बालबालिकालाई पहिलो मात्रा दिइसक्छौँ । १५/१५ लाख मात्राको दरमा ल्याउने तयारी भैरहेको छ ।

२० लाख मात्रा भन्दा बढीका लागि हामीलाई भण्डारणमा समस्या पर्छ । प्राप्त खोप बालबालिकाहरूलाई लगाउन सुरु गरिहाल्छौँ ।’ चरणबद्ध रुपमा खोप आउने भएपनि सबै बालबालिकालाई खोप लगाउने तयारी भैरहेको उनले जानकारी दिए । बालबालिकालाई कसरी खोप लगाउने भन्ने विषयमा ५६ जिल्लाका स्वास्थ्यकर्मीका लागि तालिम सञ्चालन भइरहेको समेत उनले जानकारी दिए । फाइजर खोप लगाइसकिएका २१ जिल्लामा भने पहिलै नै तालिम सम्पन्न भैसकेको छ ।