कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै धनगढीमा निरन्तर आन्दोलन जारी

कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै धनगढीमा निरन्तर आन्दोलन जारी

धनगढी । कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै धनगढीमा विरोध प्रदर्शन गरिएको छ। शनिवार उद्योग वाणिज्य संघ, कैलालीको आयोजनामा धनगढी चौराहादेखि पार्क मोडसम्म विरोध र्‍याली निकालिएको हो। 

त्यसपछि एलएन मार्ग (एलएन चोक)मा भएको विरोध सभामा सम्बोधन गर्दै विभिन्न व्यक्तिहरुले मेडिकल कलेज सञ्चालनमा सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।

उनीहरुले जेठ १५ गते सार्वजनिक हुने नेपाल सरकारको बजेटमा गेटा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरेका छन्।

यदी बजेटमा गेटा मेडीकल कलेज अथवा विश्वविद्यालय के बनाउने हो भनि उचित सम्बोधन नभएमा आन्दोलन अझ चर्को पार्ने उनिहरुले चेतावनि समेत दिएका छन् ।