सरकारले कर्मचारीको तलब बढायो , वृद्धभत्ता पाउने उमेर घट्यो

धनगढी खबर    

सरकारले कर्मचारीको तलब बढायो , वृद्धभत्ता पाउने उमेर घट्यो

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९ /८० को बजेट आज सार्वजनिक गर्दै छ । आज चार संघीय संसदको बैठक बस्दैछ ।   

 संविधानमै १५ जेठमा नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने व्यवस्था अनुसार , अर्थमन्त्री जनार्दन शर्माले आय व्यको विवरण प्रस्तुत गर्ने छन् ।

यस वर्षको बजेट आगामी निर्वाचन लक्षित हुने छ । 

ज्येष्ठ नागरिक, कर्मचारी, उद्योगी-व्यवसायी, कृषक र युवालाई लक्षित गरी तलब-भत्ता वृद्धि, कर छुट, राहत, अनुदान लगायतका कार्यक्रम बजेटमा समेटिने बताईएको छ ।

सरकारले कर्मचारीको तलब सामान्य बढाउने र वृद्धभत्ता पाउने उमेर पनि घटाउने गरी बजेट तयार पारेको जानाईएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले वृद्धभत्ता पाउने उमेरलाई ७० वर्षबाट घटाएर ६५ वर्ष बनाउने यसअघि नै बताएका थिए । तर बजेटमा ६५ नभई ६८ वर्ष उमेर पूरा भएकालाई वृद्ध भत्ता दिने गरी तयारी भएको बताएको छ । मन्त्रालयका स्रोतका अनुसार, ‘वृद्धभत्ता सामान्य बढ्न सक्छ र वृद्धभत्ता पाउने उमेर पनि एक दुई वर्ष घट्न सक्छ ।’

सरकारले बजेटमार्फत् निजामती कर्मचारीहरुको तलब बढाउने तयारी पनि गरेको छ । महँगी बढ्दै गएकाले तलब पनि बढाउनु पर्ने माग कर्मचारीहरुको छ । तर देश आर्थिक संकटबाट गुज्रिरहेकाले सरकार दबाबमा छ ।  कर्मचारीको तलबमा भने सामान्य वृद्धि हुने सम्भावना रहेको स्रोतले बतायो ।

यसअघि योजना आयोगका उपाध्यक्ष संयोजकत्व रहेको स्रोत समितिले आगामी आर्थिक वर्षको बजेटको सीमा १७ खर्ब ४५ अर्ब निर्धारण गरेको थियो । तर, त्योभन्दा ठूलो आकारमा बजेट आउने बताइएको छ ।



आइतबार १५, जेठ २०७९ ०८:१४ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस