नगरपालिका कै उदाहरणीय २५ वर्षीय पाइलट उत्सव पनि तारा एयरको विमान दुर्घटनामा परे

नगरपालिका कै  उदाहरणीय २५ वर्षीय पाइलट उत्सव पनि तारा एयरको विमान दुर्घटनामा परे

काठमाडौँ । पोखराबाट जोमसोमतर्फ जाँदै गरेको तारा एयरको विमान आज आइतबार मुस्ताङको लेतेस्थित लार्जुङको खोँचमा दुर्घटनामा परेको छ।

बिहान करिब ९ः५५ मा पोखरा विमानस्थलबाट छुटेको विमानलाई सिनियर पाइलट क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए भने को(पाइलटमा रुकुमका उत्सव पोख्रेल थिए।

करिब एक वर्षदेखि को(पाइलट भएर उडान भरिरहेका उनी आज तारा एयरको विमान दुर्घटनामा परेका हुन्।

रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ३ का उत्सव परिवारका कान्छा छोरा हुन्।

शिक्षण पेशामा आवद्ध उनका बुवाआमा यतिबेला जाजरकोट र दाङमा छन्। उत्सव  पाइलट बनेपछि आफू पनि पाइलट बन्ने सपना बुनेर उनका दाजु त्यसैको अध्ययन गर्दैछन्।

उनी आफ्नो परिवार मात्र नभएर त्यस नगरपालिकाको लागि पनि उदाहरणीय युवा थिए। कारण उनी त्यस क्षेत्रको पहिलो पाइलट हुन्।

फिलिपिन्सबाट अध्ययन सकाएर नेपाल आएलगत्तै तारा एयरमा काम गर्न थालेका उनले काम गरेको पहिलो वर्ष बित्न नपाउँदै दुर्घटनामा परे।

उनीसहित सो विमानमा रहेका अन्य २१ जना पनि वेपत्ता छन्। नेपाली सेनाको एम आइ १७ विमान खोजी र उद्दारका लागि सम्भावित दुर्घटना स्थलतर्फ पुगी प्रारम्भिक कार्य सुरु गरेको छ।
यात्रुहरूको सूचीमा ४ भारतीय र २ जर्मन नागरिक पनि रहेका छन्।

पोखरा विमानस्थल स्रोतका अनुसार करिब २० मिनेटमा जोमसोम अवतरण गर्नुपर्ने जहाज सम्पर्कविहीन भएको थियो।

सो दुर्घटनामा परेका उनीसहितका सबै यात्रुको स्वास्थ्य अवस्थाबारे आधिकारिक जानकारी भने आउन बाँकी नै छ।