बजेट भाषण : धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउन सम्भाव्यता अध्ययन गरिने

बजेट भाषण : धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउन सम्भाव्यता अध्ययन गरिने

सरकारले आगामी बजेटबाट धनगढी विमानस्थललाई क्षेत्रीय स्तरको विमानस्थल बनाउन सम्भाव्यता अध्ययन गर्ने जनाएको छ।

आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले धनगढी विमानस्थललाई स्तोरोन्नति गरेर क्षेत्रीय स्तरको विमानस्थल बनाउनका लागि सम्भाव्यता अध्यन गरिने बताए।

अहिले धनगढी विमानस्थल स्तरोन्नतिका लागि जग्गा अधिग्रहणको कार्य अगाडि बढाइएको छ। त्यसका लागि नागरिक उड्न प्राधिकरणले एक अर्ब बजेट विनियोजन गरेको छ भने चार किल्ला सिमांकनको कार्य भइरहेको छ।