गोदावरीमा एक पुरुष झुण्डीएको र महिला घाँटी रेटिएको अवस्थामा मृत फेला

धनगढी खबर    

गोदावरीमा एक पुरुष झुण्डीएको र महिला घाँटी रेटिएको अवस्थामा मृत फेला

धनगढी । 
गोदावरीको हरैयामा एक पुरुष झुण्डीएको र महिला घाँटी रेटिएको अवस्थामा मृत फेला परेका छन् । 
हरैया बस्ने ६५ वर्षीय हेम बहादुर एर र श्रीमती ५५ वर्षीय पदमा एर मृत फेला परेका हुन् ।

श्रीमान घर बाहिर झुण्डीएको अवस्थामा र श्रीमती घर भित्र ओछ्यानमा घाँटी रेटीएको अवस्थामा मृत फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

श्रीमतीको हत्यापछी श्रीमानले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएपनी घटनाबारे थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।



मङ्गलबार १७, जेठ २०७९ १०:०९ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस