सरकारले ल्याएको बजेट ललिपप मात्रै : राजेन्द्र लिङ्देन

सरकारले ल्याएको बजेट ललिपप मात्रै : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याएको बजेट ललिपप मात्रै भएको टिप्पणी गरेका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्दै उनले  मानिसलाई भुल्याउने किसिमले मात्र बजेट ल्याइएको धारणा राखेका हुन्।

उनले इमान्दारी पूर्वकभन्दा अहिलेको बजेटले हाम्रो जीवनमा परिवर्तन गर्न नसक्ने बताए। ‘देशमा अहिले जुनप्रकारको आर्थिक संकट देखिँदै गएको छ। जुनप्रकारको मूल्य वृद्धि देखिँदै गएको छ।

त्यसलाई रोक्नेतर्फ यो बजेट उन्मुख छैन।’उनले भने,‘यो बजेट केबल निर्वाचन लक्षित छ, आगामी निर्वाचनलाई केन्द्रमा राखेर ल्याएको छ। बजेटको स्रोत के हो, कार्यान्वयनका आधारहरु के हुन् कहि पनि स्पष्ट छैनन्।’

बजेटको जवाफमा अहिले मात्रै होइन पहिले पनि वितरणमुखी आएको भन्दै पन्छिएको भन्दै लिङ्देनले आपत्ति जनाए।