मितिमा नै अलमल्ल: सुदूरपश्चिम प्रदेश सभा साँँसद देवकी मल्ल, २०५९ को बजेटमाथि छलफल गरिरहेको भन्दै थालिन बोल्न

मितिमा नै अलमल्ल: सुदूरपश्चिम प्रदेश सभा साँँसद देवकी मल्ल, २०५९ को बजेटमाथि छलफल गरिरहेको भन्दै थालिन बोल्न

धनगढी । सुदूरपश्चिम प्रदेश सभा सदस्य सांसद देवकी मल्ल (थापा) मितिमा नै अलमलिएकी छन् । उनी बुधवार सुदूरपश्चिम प्रदेश प्रदेश सभाको दशौँ अधिवेशनको तेस्रो बैठकमा बोल्ने क्रममा अलमलमा परेकी हुन् । 

सोमबारदेखि सुरु भएको प्रदेशको दसौँ अधिवेशनमा प्रदेशको आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेट विनियोजन विध्येक माथि छलफल भईरहेको भए पनि मल्लले २०५९ को बजेट माथि छलफल गरिरहेका्े बताएकी छन् ।

उनले संसदको रोष्टममा गएर भनिन्, ''सभामुख महोदय, हामी हा.. दुई हजार उना... दुई हजार उनसट्टी..''

उनले २०७९ भन्ने थाहा नपाए पनि प्रदेशको विकास कसरी गर्न सकिन्छ भन्ने विषय र सरकारको तारिफ गर्न भने सक्दो प्रयत्न गरिन् । 

सांसद मल्लले आफ्नो भनाई सक्दा सम्म पनि आफूले मिति न सच्याई कनै आफ्नो भनाई टुङ्गाएकी छन् । भने सरकारलाई बजेटमार्फत फेरी आफूहरू जनतामाझ जाने वातावरण सिर्जना गरिदिन आग्रह गरेकी छन् । 

मल्ल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन् ।