गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन सांसद भट्टको प्रस्ताव

गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन सांसद भट्टको प्रस्ताव

काठमाडौं। सांसद दीपकप्रसाद भट्टले गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन प्रस्ताव गरेका छन् ।

 

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले सुदूरपश्चिममा स्वास्थ्य क्षेत्रको विकासका लागि भए पनि गेटा मेडिकल कलेजलाई प्रतिष्ठान होइन राष्ट्रिय चिकित्सा शिक्षा विश्वविद्यालय बनाउनुपर्ने बताए।

‘देशमा चार दर्जन मेडिकल कलेज र सातवटा प्रतिष्ठान छन्,’ उनले भने, ‘अब सुदूरपश्चिममा स्वास्थ्य क्षेत्रको विकासका लागि गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउँ ।’ धनगढीमा मेडिकल कलेज खोल्नुभन्दा गेटालाई विश्वविद्यालय बनाउनु उचित हुने उनको भनाइ छ।