धनगढीमा अघोषित लोडसेडिङ गरेको भन्दै अनेरास्ववियु र युवा संघको विद्युत् कार्यालय अगाडी प्रदर्शन

धनगढीमा अघोषित लोडसेडिङ गरेको भन्दै अनेरास्ववियु र युवा संघको विद्युत् कार्यालय अगाडी प्रदर्शन

धनगढी । धनगढी उपमहानगर क्षेत्रभित्र विद्युत् प्राधिकरणले अघोषित लोटसेडिङ गर्ने गरेको भन्दै नेकपा एमाले सम्बद्ध युवा संघ नेपाल र अनेरास्ववियुले प्रदर्शन गरेको छ । युवाहरुले हिजो आज धनगढीमा विद्युत् कार्यालयले देखाइरहेको लापरबाही ग्राह सेवाको नम्बर होल्डमा राख्ने लगातका समस्याको समाधानको माग गर्दै प्रदर्शन गरेका हुन् ।  

धनगढीमा अघोषित लोडसेडिङ गरेको आरोप लगाउँदै विद्यार्थी र युवाहरुले विद्युत् कार्यालय अगाडि र्पदशन गरेका छन् । 

उनिहरुले धनगढी चौराहा देखी विद् युत कार्यालय धनगढी वितरण केन्द्र अगाडी,  ''दलालहरूलाई ठाउँ छैन,  कुर्सी फालेर राखिदिन्छौ, दलाल प्राधिकरण मुर्दावाद, अन्धकारमा राख्न पाइँदैन, अघोषित लोटसेडीङ गर्न पाइँदैन, व्यापारी सँग साँटघाट गर्न पाइँदैन, दलालको खुट्टा भाँचिन्छ, ह्वील चियर लिएर राखिन्छ, दलाल प्रमुख मुर्दावाद, यस्तो प्रमुख चाहिँदैन, राजीनामा दिनै पर्छ । राष्ट्रिय युवासंघ नेपाल जिन्दावाद, अनेरास्वीयु जिन्दाबाद'' लगायतका नारा घन्काएका छन् । 

युवाहरुले अघोषित लोटसेडङ दोहोरिए कार्यालय प्रमुखलाई कारबाही गर्ने चेतावनी समेत दिएका छन्  ।