राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बडीमालिकाको पूजा अराधाना

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा बडीमालिकाको पूजा अराधाना

बाजुरा । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थलमध्येका एक बडीमालिकाको दर्शन र पूजा, अराधना गरेकी छन् । 

खप्तडमा लाग्ने गङ्गा दशहरा मेलाको अवसर पारेर उनले बडीमालिकाको दर्शन गरेकी हुन । धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडीमालिकामा जेठ महिनामा लाग्ने गङ्गादशहराको पहिले नै बडीमालिकाको पूजा गर्ने प्रचलन छ ।

राष्ट्रपति भण्डारीले प्रचलन अनुसार पूजा आराधना गरेकी हुन । बडीमालिकाको पूजा अराधनाका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत विहान बाजुरा पुगेकी थिइन् । बडीमालिकाको दर्शनपछि उनी सुर्खेततर्फ गएको जनाइएको छ ।