कञ्चनपुरमा मूल्यवृद्धि फिर्ता लिन र मल खादको व्यवस्था मिलाउन किसान महासंघको माग

कञ्चनपुरमा मूल्यवृद्धि फिर्ता लिन र मल खादको व्यवस्था मिलाउन किसान महासंघको माग

कञ्चनपुर। कञ्चनपुरमा अखिल नेपाल किसान महासंघले मुल्य बृद्धि फिर्ता लिन र मलखादको ब्यवस्था मिलाउन माग गरेको छ। नेकपा एमाले निकट अखिल अखिल नेपाल किसान महासंघले बुधबार कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै सो माग गरेको हो।

प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले महंगी र भ्रष्टाचार नियन्त्रण, पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ता तथा किसानहरुलाई तत्काल मलखादको ब्यवस्था गर्नुपर्ने लगायतका माग राखीएको छ ।

यस्तै कृर्षि ब्यवसायकालागी तत्काल मलखाद, बिउ बिजन, कृर्षि उपकरणहरुको. ब्यव्स्थापन गरी सम्बन्धित संस्थाहरुमा स्टक राख्नुपर्ने माग महासंघले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको महासंघका राष्ट्रिय समिती सचिवालय सदस्य खेम सुबेदीले जानकारी दिएका छन्।

यस्तै महासंघले पेट्रोलियम पदार्थ रखाना पकाउने ग्यासमा गरिएको अश्वभाविक मुल्य फिर्ता गर्न ज्ञापन पत्रमा उल्लेख गरिएको छ । गत असोज र कार्तिक महिनामा बाढीले पु¥याएको क्षतीको राहात किसानले हालसम्म नपाएको भन्दै महासंघले तत्काल सो राहात उपलब्ध गराउन ध्यानाकर्षण गराएको छ । यस्तै कञ्चनपुर जिल्लामा रहेका आरक्षपिडीत, मुक्तकमैया र हलियाहरुको पनी उचित बसोबासको ब्यवस्था मिलाउन ज्ञापनपत्रमा माग गरिएको जनाएको छ ।

यस्तै आज ज्ञापनपत्र बुझाउन गएको किसान महासंघको प्रतिनिधीको टोलीले जिल्ला प्रसाशन कार्यालय कञ्चनपुरको मुल गेटमा धर्ना समेत दिएको छ ।उनीहरुले बिहानसाढे ९ बजे देखि ११ बजे सम्म जिल्ला प्रशासन कार्यालयको मूल गेटमा धर्ना उदएका थिए । साथै धर्ना लगत्तै जिल्ला प्रसासन मार्फत प्रधानमन्त्रीलाइ ज्ञापन पत्र बुझाएका थिए ।