कांग्रेससँग तालमेल गरेर नै चुनावमा तेस्रो भएको प्रचण्डले बिर्सिए : रमेश लेखक

कांग्रेससँग तालमेल गरेर नै चुनावमा तेस्रो भएको प्रचण्डले बिर्सिए :  रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीसँग तालमेल गरैकै कारण माओवादी केन्द्र स्थानीय चुनावमा तेस्रो भएको बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार आयोजित एक कार्यक्रममा कांग्रेसमा पनि दम्भ र अहंकार देखिए एमालेलाई जस्तै ठेगान लगाइदिने चेतावनी दिएका थिए, त्यसै सन्दर्भमा कुरा गर्दै नेता लेखकले कांग्रेससँगै सहकार्य गर्दा माओवादी चुनावमा तेस्रो बनेको दाबी गरे ।

नेता लेखकले भने,“ कांग्रेससँग तालमेल गरेरै माओवादीले चुनावमा तेस्रो शक्तिकारुपमा चुनाव जितेको छ, यो विषयलाई प्रचण्ड जीले बिर्सनुभएन नि ।”